शृङ्खलासँगको ब्रेकअपबारे बोले सिसन बानिँया, ‘म पास भएँ, सफल महिला भएका कारण उनीमाथी घृणा बर्सियो’


काठमाडौं– भ्लगर सिसन बानियाँले शृङ्खला खतिवडासँगको ब्रेकअपको बारेमा बोलेका छन् । सोबर वल्र्ड एचडीको पोडकास्टमा आफ्नो ब्रेकअपको बारेमा उनी पहिलोपल्ट खुलेका हुन् । यहि नै अन्तिमपटक भएको भन्दै उनले आफ्नो ब्रेकअपका बारेमा बोलेका छन् । उनले पूर्व मिस नेपाल शृङ्खला खतिवडाको नाम नलिइकन समाजले आफूहरुको ब्रेकअपको कारण उनलाई पीडा दिएको बताएका छन् ।

सिसनले आफु उक्त सम्बन्धबाट मुभअन भइसकेको बताएका छन् । आफुभित्र दबेर रहेका रिस, खुशी सबै व्यक्त गरेर केहि महिनामा नै मुभ अन भएको उनले बताएका छन् । उनले भनेका छन्, ‘त्यो समयमा म सम्भव भएसम्म वास्तविक रूपमा नै रहने प्रयास गरेँ । गएँ पोडकास्टहरुमा, ड्रिङ्क गर्‍या छ, चुरोटसुरोट खाइद्या छ । निकाल्दिएँ सबै । मभित्र त्यही थियो । मभित्र रिस थियो, सबै कुरा थियो । केही महिनामा नै त्यो गयो । मलाई पुग्यो । किनकि मैले सबै पोखेँ । आइ मुभ्ड अन मजाले नै । म ‘स्टक’ भएर बसिनँ । आइ एम ह्यापिएर दिस वे ।’

तर समाजले आफुप्रति सहानुभुति देखाएको र शृङ्खलालाई भिलेन बनाएको उनले बताए । उनले भने, ‘ब्रेक अप भएपछि कपाल काट्यो, ब्रेक अप गरेपछि यसरी हिँड्न थाल्यो, यस्ता कुराहरू । त्यो रिजन थिएन । म पहिलेदेखि नै यस्तै इभल्भिङ मान्छे हो । नयाँ–नयाँ कुरा गरिराख्छु ।’

उता शृङ्खलालाई भने कमेन्टभरी गाली बर्सिने काम भएको बताए । धनी मान्छे र राम्रो घरपरिवार भएमा उनीहरुमा नकारात्मक धारणा राख्ने नेपालीको मानसिकता रहेको उनले बताए । आफ्नो बेकअपपछि एक्प्रेस बढी गरेँ कि भनेर महसुस गरेको उनले बताएका छन् । ब्रेकअप भएको ५÷६ महिनामा नै आफु मुभअन भएको उनले बताए ।

उनले भने, ‘उ पनि त मान्छे हो । उसले कसैलाई नराम्रो गर्‍या छैन । हामीबीच जे भयो एकदम नेचुरल थियो । फेरि यो क्लीप भाइरल भएर उसलाई नै औँल्याउने पनि हुन सक्छ ।’

पूर्व प्रमिकाले केटी भएका कारण नकारात्कम टिप्पणी सहनुपरेको उनले बताए । उनले पोडकास्टमा भनेका छन्, ‘सी द पर्सन हु इज अ गर्ल‘ स्मार्ट । उ आफै मजाले कमाउन समाउन सक्ने सक्षम मान्छे हो । त्यत्रो इन्स्टिच्यूट पढेको । नर्मल केटा मान्छे भए‘ म त हेर्नुस्‘ चुरोट, बियर खाएर यो बाट निस्किन सक्छु । उसको कुरा के हो भने सी फलोड हर हार्ट । आफूले चाहेको केटासँग बिहे गरेको हो । केही गल्ती भन्न मिल्दैन ।’

केहि व्यक्तिले आफुलाई खुशी बनाउन पूर्व प्रेमिकाको बारेमा नकारात्मक कुरासमेत लेखिदिने गरेको उनले सुनाए । उनले भने, ‘म भन्छु ‘भाइ प्लीज त्यस्तो नगर’ । मैले त राम्ररी संगत गर्‍या मान्छे हो । गुड इन्टेनसन छ । देशका लागि राम्रो ‘एसेट’ हो । राम्रो माइन्ड सेट, गुड लिडर । आइ एक्चुअल्ली मिस्ड द ब्रेन बरु । अहिले पनि सधैँ उसको शुभचिन्तक हुँ । एकदम जिनियस मान्छे हो ।’

सबैको आआफ्नो व्यक्तिगत जिवन रहेको भन्दै उनले गाली नगर्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘मान्छेलाई चैँ कमेन्टमा गाली गरेर मेरो बदला लिइद्याजस्तो भइरा होला, तर मलाई चाहिएकै छैन । किनकि तपाईँले विष निकाल्नुभयो भने तपाईँ नै आफैँ विषाक्त हुँदै जाने हो ।’

शृङ्खलालाई आलोचना सँधै हुनेगरेको उनले बताए । मिस नेपालको ताज जित्दा परिवारको कारण जितेको भन्दै आलोचना भएको उनले बताए । राम्रो काम गर्दा पनि आलोचना भइरहेकोमा ब्रेकअप झन क्लाइमेक्स भएको बताए । उनले भने ‘त्यो पर्टिकुलर मान्छेलाई जहिले पनि समाजले पेल्यो । मैले रियलाइज गरेँ, यदि उ केटा भइदिएको भए त ‘ग्लोरिफाइड’ हुने थियो । उसको गल्ती के मात्र भयो भने, नेपाली समाजमा छोरी भएर जन्मियो । एउटा छोरी मान्छे स्मार्ट भयो, सेल्फ डिपेन्डेन्ट भयो, सक्षम भयो । समाजलाई यो नपच्या हो । टाइटल पनि जित्ने, त्यहाँ पनि पढ्ने, यो पनि गर्दिने, सक्सेसै सक्सेस । यस्तो कसरी हुन सक्छ भन्याजस्तो ।’

उनले आफ्नो जीवन शान्तपूर्ण बाचिँरहेको र अरुलाई पनि बाँच्न दिन आग्रह गरेका छन् । आगामी दिनमा शृङ्खलाको व्यक्तिगत जीवनमा आफ्नो नाम जोडिएको सुन्न नचाहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘उ केही पनि नेगेटिभ डिजर्भ गर्ने मान्छे होइन । उ सफल भएको दिन नेपालको महिलाको जित भएको हुन्छ । सबै महिलाहरूलाई हामीले दबाएर राखेको हो ।’

उनले आफु केटी भएको भए त्यो सब गालीहरु आफुले भोग्ने स्थिती हुने उनले सुनाए । ‘हेर यसले नसकेको‘ यो झारपातलाई छोडेर गई‘ तँ भ्लगै बनाएर बस‘ भन्थे होला म केटी भएको भए । उनले पोडकास्टमा स्मोक र ड्रिंक गरेर मैले जस्तो कुरा गरेको भए? मरेन? म कसरी पास भएँ? केटा भएर । भनेको पिपल डन्ट लाइक अ स्ट्रङ इन्टेलिजेन्ट स्मार्ट वुमन बिइङ सक्सेसफुल हो कि ? म चैँ जे पायो त्यही कुराहरू गरेर पनि केटा भएकाले सजिलै पास भएँ । जो मान्छे बोल्या पनि छैन बिचरा । बिहेको फोटो पनि कति हाइड गरेको छ । उसको डिसिजन हो यार ।’

उनले व्रेकअप हुनुमा आफ्नो पनि गल्ति भएको र यो विषयमा अन्तिमपटक बोलेको बताएका छन् । उनले भनेका छन्, ‘जे–जति पोइजन थ्यो पोखिसकेँ । आइ निडेड द्याट । मेरो पनि धेरै मिस्टेक थियो । हुन सक्छ म टक्सिक थिएँ । यू नेभर नो । तपाईंले जज गर्न सक्नुहुन्न । उसको वाल हेर्दाखेरि नै गाली । यो अधिकार किन पायो भन्ने कुरा हो । म त टेन्सनमा हुन्छु । यस्तरी भयो भने कसरी सुत्ने यार? कसरी एभ्रिडे स्माइल गरेर अगाडि बाँच्ने? कहीँ जान पनि टेन्सन । यस्तो नेगेटिभिटी जहिले उसलाई परिराख्ने हो । जिन्दगी नै संघर्ष भयो उसको बिचरा । न उसले कसैलाई नराम्रो भनेको छ । इन्टरभ्यू आउँदा पनि यस्तो सोच्ने तँ ? वाला छ क्या । म स्टप गर भनेर भन्छु । कति लेख्दिरा हुन्छु नगर, जो मन लाग्यो त्यहीसित गयो । उ पैसाको लागि जानुपर्ने मान्छे नै होइन नि । धेरै सक्षम मान्छे हो । महिला भएकाले र सफल भएकाले नै यो सबै हेट आइराख्या हो । मान्छेले हेर्दा अब त झन् सेट भयो भन्याजस्तो । उसको आफ्नै छ नि त । सी लिभ्ज अप टु द्याट ।’