काठमाडौं– पशुपति मन्दिरमा एक महिनासम्म आयोजना गरिएको कोटिहोममा घाटा भएको दाबि गरेका छन् । कोटीहोम सक्किएको करिब एक महिनापनि आयव्यय सार्वजनिक गर्दै आयोजक विजय कृष्णमुर्तिले कोटिहोममा आम्दानीभन्दा खर्च बढी भएको बताइका हुन् ।
कोटीहोममा नगद र द्रव्य दानबाट कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर संकलन भएको उनले बताएका छन् । उनका अनुसार कोटीहोममा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको छ । जस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको आयोजकक कृष्णमुर्तीृको दाबी रहेको छ ।
उनले कोटिहोम महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ भने आउन बाँकी रहेको बताएका छन् । सोहि रकम आएमा मात्र बचत हुने उनले बताएका छन् ।
उनले पत्रकार सम्मेलमा दिएको विवरण अनुसार कोटिहोममा नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो । क्यूआर पेमेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ र दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको छ ।
‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन गरिएको थियो ।
त्यहाँको आम्दानी मानवसेवा फाउण्डेसनले सञ्चालन गरेको मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा खर्च गरिने बताइएको थियो । महायज्ञमा श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा, राम कथावाचक चन्द्रकला सखी, वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी लगायतले कथावाचन गरेका थिए ।
प्रतिक्रिया