Logo

क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा ५० जना पक्राउ

काठमाडौं– अवैध कल सेन्टरमार्फत क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा ५० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट खटिएको प्रहरीको विशेष टोलीले बुधवार ललितपुरस्थित एकान्तकुनाको एक घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमध्ये दुई चिनियाँ र एक फिलिपिन्स नागरिक रहेका छन् । अवैध कल सेन्टर सञ्चालनमा आएको गोप्य सूचनापछि छापा मार्दा क्रिप्टो कारोबार तथा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्