Logo

दयाहाङको करियार माथि नै पुजा शर्माको धावा: ‘अर्को जुनी म पनि मंगोलियन भएर जन्मिन पाऊँ’

काठमाडौं– खाली पृष्ठ युट्युब च्यानलमा करिब ६ महिना पहिले पूजा शर्माको पोडकास्टमा एउटा धारणा राखिन्, ‘आफू आर्य समुदायको भएपनि आर्य समूदायका दर्शकले साथ दिँदैनन् ।’

उनले उक्त पडकास्टमा अन्तर्वार्ता दिएको समयमा ‘रावायण’ को निर्माणका काम भइरहेको थियो । जहाँ उनले रावायणका स्क्रिप र मेकिङमा गरेको मेहेनतको बारेमा बोल्दै रावायणमा निकै मेहेनत गरेको उनले बताएकी छिन् । फिल्मकी निमात्री र अभिनेत्री रहेकी उनले रावायणका लागि ठूलो लगानी गर्न लागेको र यसको व्यापारले आफ्नो भविष्य निर्धारण गर्ने समेत बताएकी थिइन् ।

त्यहिसन्दर्भमा पूजा भन्छिन्, ‘मलाई थाहा थिएन यस्तो हुन्छ भनेर । दया दाईहरुको कति राम्रो युनिटी हुने रहेछ । हाम्रो यहाँ युनिटी पनि छैन । केही पनि छैन । मंगोलियनहरु कति सर्पोटिप हुन्छन् । हामी आर्यनहरुको लागि कोहि पनि हुँदैन ।’ उनले पोडकास्टमा आर्यान समुदायबाट सर्पोट नपाएको भन्दै अर्को जन्ममा मंगोलियन भएर नै जन्मिन पाउँ भन्छिन् । यस्तो धारणा राखेर अभिनेत्रीले आफुभित्र रहेको संकुचित सोच र कमजोर बौद्धिकता प्रस्तुत गरेकी छिन् ।

कुनैपनि चलचित्र कुनै एक व्यक्तिले मात्र बनाउन सक्दैन । फिल्म बनाउन कथा, गीत, संगीत र अभिनयको शसक्त भुमिका रहन्छ । यसका लागि लेखक, गायक, कलाकारहरु सबै महत्वपूर्ण हुन्छन् । चलचित्र निर्माता, निर्देशक, फिल्ममा अभिनय गर्ने कयौँ कलाकार, प्राविधिक टोली सबै फिल्ममा जोडिएका हुन्छन् । सबैले आफ्नो वेस्ट दिएपछि मात्र एउटा वेस्ट फिल्म बन्छ ।

नायिका पूजा शर्मा दयाहाङ राई मंगोलियन समुदायका कारण बढी सफल भएको आशय व्यक्त गर्दैैछिन् । वास्तवमा नै दयाहाङ राई पछिल्लो समयमा सबैभन्दा रुचाइएका अभिनेता हुन् । तर, उनले खेलेका सबै चलचित्र हिट भएका भन्ने होइन । अधिकांश फिल्म भने व्यवसायिक रुपमा सफल छन् । रङ्गमञ्चदेखि फिल्मका सानातिना भुमिका गर्दै दयाहाङ राई अहिलेको स्थानमा आइपुगेका हुन् । अहिलेसम्म करिब ६० भन्दा धेरै फिल्म र १६ वटा नाटकमा अभिनय गरिसकेका छन् दयाहाङले । आधा दर्जन नाटक निर्देशनसमेत गरेको अनुभव छ उनीसँग ।

मण्डला थियटरका व्यवस्थापकसमेत हुन् दयाहाङ । उनले फिल्मी नायकका लागि शारीरिक सुन्दरता हैन, अभिनयमा डुब्न सक्ने र दर्शकलाई रिझाउन सक्ने क्षमता चाहिन्छ भन्ने भाष्य बनाएका छन् । उनी आफै बलियो र गज्जबको कथा भएमा चर्चित कलाकार नै जरुरी नपर्ने बताउँछन् । दयाहाङले अभिनयका माध्यमबाट दर्शकको मन मात्रै जितेका छैनन्, नेपाली फिल्म बजारलाई बलियो बनाउन पनि मद्दत गरेका छन् । उनको अभिनयलाई मंगोलियन समुदायका नागरिकले मात्र मन पराउँदैनन् । सारा नेपाली चलचित्र मन पराउने दर्शक नै उनले अभिनयको फ्यान छन् ।

नेपालमा दयाहाङ राईमात्र रुचाइएका कलाकार भने होइनन् । सौगात मल्ल, खगेन्द्र लामिछाने, विपिन कार्की, मेनुका प्रधान, स्वस्तिमा खड्का लगायतका कलाकारहरुलाई दर्शकहरुले बढी रुचाएका छन् । किनभने यी कलाकार चलचित्रमा आफ्नो भुमिकालाई जिवन्त बनाउन सफल छन् । दर्शकले फिल्म हेर्दा फिल्म खेल्ने मान्छे आफ्नो समुदायको हो कि होइन भनेर हेर्दैन । फिल्ममा देखाइएको कथावस्तु र कलाकारको अभिनयले आफुलाई जोड्छ की जोड्दैन भन्ने कुराले दर्शकलाई कलाकारतर्फ बढी आकर्षित गर्छ । दयाहाङ राईका फिल्मका कुरा गर्ने हो भने ‘जारी’ फिल्मले लिम्बु जातीमा रहेको जारी प्रथालाई प्रस्तुत गरेको छ । तर त्यो फिल्म हेर्न लिम्बु मात्र गएका छैनन् । सबै समुदायका मानिसले फिल्मलाई मन पराएका छन् । फिल्मका निर्देशकको मेहेनत, कथावस्तु र कलाकारको अभिनय मन पराएका कारण नै फिल्म हेर्न गएका हुन् ।
सङ्ख्याको कुरा गर्ने हो भनेपनि नेपालकाले जनगणना २०७८ अनुसार राई दशौँ नम्बरमा आउँछन् । नेपालमा ब्राम्हण र क्षेत्री समुदायले करिब २८ प्रतिशत हिस्सा ओगटेको छ । जहाँ राई कुल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत मात्र छन् ।
बाहुन र क्षेत्री नभइ दलित, मुस्लिम, मधेसी सबै आर्यन समुदायभित्र पर्छन् । यस अर्थ नेपालमा मंगोलियन भन्दा आर्यन समूदाय छन् भने आफ्नै समुदायको आडमा मात्र दयाहाङका फिल्महरु सफल हुन सक्दैनन् ।

कुनैपनि समुदायले व्यक्तिले आफ्नो समुदायका कलाकारलाई मात्र सर्पोट गर्ने भएको भए राजेश हमाललाई सबैले मन पराएर महानायकको ट्याग नै दिने थिएनन् । नेपालमा भारतीय र हलिउड फिल्म हेर्ने दर्शकहरुको जमात निकै छ । यदी दर्शकहरुले आफ्नो समुदायलाई मात्र हेर्न चाहने भए शाहरुख खान, अमिताब बच्चन नेपालमा त्यती धेरै लोकप्रिय कसरी हुनसक्थे । किनभने दर्शकहरुले आफुलाई हलमा फिल्म चलिरहेको अवधिमा फिल्ममा नै ध्यान केन्द्रित गर्नसक्ने फिल्म र फिल्मको पात्रलाई जिवन्त बनाउने खुबी रहेका कलाकार हेर्न चाहन्छन् ।

हरेक फिल्म क्षेत्रको आफ्नै मौलिकता हुन्छ । रावायण फिल्मको कुरा गर्ने हो भने यो फिल्मले नेपालको मौलिक कथा भन्दापनि दक्षीण भारतीय सिनेमाको नक्कल गरेको छ । फिल्ममा देखाइएको एक्सन हुन् या गित वा डाइलग । नेपालको मौलिकता महसुस गराउने खालका छैनन् ।

दक्षिण भारतीय फिल्मको नक्कल नै गरेपनि त्यहि अनुसारको गुणस्तर ल्याउन सक्नुपर्यो । फिल्ममा दोहोरो भुमिकामा देखिएका अभिनेता पल शाहको नक्कली दाह्री र प्रियंका कार्कीले जवरजस्ती बोलेको उर्दुले नै यसको गुणस्तर देखाएको छ । फिल्मलाई समिक्षकहरुले समेत राम्रो प्रतिक्रिया दिएका छैनन् । त्यसैमा पनि फिल्मका निर्देशक, अभिनेता, अभिनेत्री नै बारम्बार विवादमा मुछिँदा सिनेमा हलसम्म दर्शक जान तयार भइरहेका छैनन ।

दर्शकहरुको चाहना र मनोदशाअनुसार गुणस्तरी चलचित्र बनाउनुभन्दा अर्काको नक्कल गरेर फिल्म बनाउन तिर व्यस्थ छिन् पूजा शर्मा । साउथ इन्डियन फिल्म नेपालमा चल्छ भने त्यस्तै बनाउँ भन्दा उनी चिप्लिएकी छिन् । दक्षिण भारतीय फिल्म हेर्न मन लागेमा दर्शकले त्यहीँका फिल्म हेर्छन्, नेपाली फिल्ममा दर्शकले नेपालीपन खोज्छन् भन्ने कुरा फिल्म निर्माण टोलीले नै बिर्सिएको छ । बनाउने बेलामा दर्शकलाई हलसम्म तान्न नसक्ने फिल्म बनाउने अनि आर्यन समुदायले साथ दिएनन् भन्ने धारणा राख्नुले निमात्री तथा नायिका शर्माको अपरिपक्वता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्