कलंकीबाट ५ लाख बढीको गहना चोरी


काठमाडौं– काठमाडौंको कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी भएका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट बिहीबार करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।