प्रहरीमा ३२० जनाका लागि खुल्यो जागिर


काठमाडौं– नेपाल प्रहरीले असई र इन्स्पेक्टर पदमा जागिर खुला गरेको छ । २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि दरखास्त आह्वान गरेको हो ।

इन्स्पेक्टरतर्फ ३५ खुला, अमर/अशक्त प्रहरी परिवारबाट १ , महिला ६, आदिवासी/जनजाती ९, मधेशी ८, दलित ४ र १ जना पिछडिएको क्षेत्रका लागि कोटा छ।

इन्स्पेक्टरका लागि २० वर्ष उमेर पुगेको तथा २५ वर्ष ननाघेको र स्नातक वा सोसरह उत्तीर्णले आवेदन दिन सक्नेछन् । प्रहरी सेवामै रहेकाको हकमा ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन् । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ।

यस्तै असईतर्फ खुलामा एक सय ३८, अमर/अशक्त प्रहरी परिवार ५ जना, महिला २३ जना, आदिवासी÷जनजाती ३६ जना, मधेशी ३१, दलित १७ र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ।

असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।