कैलाली नदीमा सतर्कता तह पार, एक सय ३९ जनालाई सुरक्षित स्थानमा सारियो


फाइल फोटोकाठमाडौं– लगातारको वर्षाले कर्णाली नदीको बहाव बढेपछि कैलालीका एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका गरी एक सय ३९ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

जिल्ला प्रशासन कार्यालयका कैलालीका अनुसार जानकी गाउँपालिका–४ का १५ परिवारका ३४ जना, जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जना र जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

शुक्रबार कैलालीमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १० दशमलव ९० मिटर पुगेको छ । कर्णाली नदीमा पानीको बहाव १० दशमलव ८० मिटर खतराको तह मानिन्छ ।