Logo

ट्वाइलेटमा मोबाइल फोनको प्रयोग गर्दा पायल्स हुने सम्भावना धेरै

काठमाडौं– स्मार्ट फोन हाम्रो जीवनमा नभइ नहुने साधन बनेको छ । पछिल्लो समय मोबाइलमा रिल, टिकटक र सामाजिक सञ्जाल हेर्न यसको बढी प्रयोग गरिँदै आएको छ ।

बिहान उठेदेखि बेलुका नसुद्दासम्म हामी मोबाइल फोनको प्रयोग गछौँ । कतिपयले खाना खाँदादेखि शौचालयमा समेत मोबाइल चलाइरहेका हुन्छन् ।

मोबाइल फोन धेरै चलाउने बानीले यसको लत लाग्ने गर्दछ । यदि तपाई शौचालयमा शौच गरिरहेको समयमा पनि मोबाइल चलाउनु हुन्छ भने तपाईँलाई मोबाइलको गहिरो लत लागिसकेको छ ।

कतिपयले शौचालयमा बसिरहेको समयमा टाइम पास गर्नका लागि पनि मोबाइलको प्रयोग गर्दछन् । तर शौचालयमा मोबाइल फोनको प्रयोग गर्नु एकदमै फोहोरी काम हो । हामी दिसा, पिसाब गरिसकेपछि हात धुन्छौँ तर मोबाइल धोइँदैन । त्यसैले मोबाइलमा हानीकारक ब्याक्टेरिया टाँसिन्छ । शौचालयमा बसेर चलाएको मोबाइल सार्वजनिक शौचालयको सिटभन्दा फोहोर हुनेसमेत बताइन्छ । त्यही फोनमा हामीसँग दिनरात सँगै हुन्छ । यसरी ब्याक्टेरिया मोबाइलको स्क्रिनबाट हात हुँदै शरीरभित्र पस्छ र हामी किटाणुबाट सर्ने विभिन्न रोगबाट पीडित हुन्छौँ ।

मोबाइल चलाउन थालेपछि मानिसलाई समय बितेको पत्तो हुँदैन । त्यसैले मोबाइल नलिइ शौचालय गएको व्यक्तिभन्दा मोबाइल लिइर गएको व्यक्ति शौचालयमा धेरै बस्छ । शौच गरिरहेको समयमा कुप्रिएर मोबाइल चलाउँदा ढाड दुख्ने समस्या समेत निम्तिन सक्छ । ट्वाइलेटमा आवश्यकताभन्दा धेरै बस्दा मलद्वारमा रहेको रेक्टल विन्समा धेरै दबाब सृजना हुन्छ । यसले गर्दा पायल्स, फिसरलगायतकाको समस्या पनि निम्तन सक्छ । सामान्य रुपमा बस्नै पीडादायक र कठिन हुँदै जान्छ ।

त्यसैले स्वास्थ्यको हिसाबले ट्वाइलेटमा मोबाइल लिएर जाने बन्द गर्नुपर्छ । यसबाट मोबाइलप्रतिको लत कम गर्न सहयोग त पुर्याउँछ नै भविष्यमा हुन सक्ने बिमारीबाट पनि हामीलाई जोगाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्