Logo

भोटेकोशीमा गाडी खसेको आशंका, क्रेन लगाएर खोजी सुरु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा गरिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका गरिएको हो । शुक्रबार दिउँसो स्थानीयले दुई वटा टायर देखेको भनेर प्रहरीलाई खबर गरेका थिए ।

उक्त स्थानमा बोलेरो गाडी खसेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले बताए । उक्त स्थानमा अहिले प्रहरी खटेर गाडीको खोजी कार्य सुरु गरेको छ । सुरक्षाकर्मीहरूले क्रेनको सहयोगमा खोजी थालेका छन्। शुक्रबार भारी वर्षाका कारण भोटेकोशी नदीको बहाव निकै बढेको छ । जसकारण क्रेनमा झुन्डिएर बस खोज्न समस्या भएको उनले बताएका छन् ।

क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयास गरिरहेको भए पनि खोज्न कठिन भएको उनले बताए। टायर देख्या बोलेरोको भन्ने अनुमान गरिएपनि उक्त बोलेरो कहाँबाट आएको थियो, कति नम्बरको थियो र कतिजमा मानिस सवार थिए भन्ने केही पनि खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्