Logo

आज शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक भासियर सडकबाट पानीको भेल निस्कियको छ ।

काठमाडौं,२९ भदौ । आज शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक भासियर सडकबाट पानीको भेल निस्कियको छ कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ ।

सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ । पानी निस्किएका कारण सडक नै भासिएको छ ।

प्रतिक्रिया दिनुहोस्