काठमाडौं– सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड राखेको छ । बिहीबारको तुलनामा शुक्रबार तीन हजार रुपैयाँले बढेको सुनको मुल्यलाई तोड्दै आज पुन नयाँ किर्तीमान कायम भएको ।
शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ छ । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।
प्रतिक्रिया