Logo

दिदीको बलात्कारीको हत्यापछि मुस्कुराउँदै हिरासतमा गए लभप्रीत

काठमाडौं– बिहीबारदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल हुन थाल्यो । त्यो भिडियो अनौठो थियो किनभने भिडियोमा एक युवक पक्राउ परेका थिए । तर उनी प्रहरीले पक्राउ गरिरहँदा अलिकति पनि निराश देखिएका थिएनन् । उनी क्यामरातर्फ हरेर हात हल्लाउँदै मुस्कुराई रहेका थिए ।

प्रहरी हिरासतमा हुँदा पनि खुसी देखिएका ती युवक भारतका १९ वर्षीय लभप्रित सिंह हुन् । उनी आफ्नो बदला लिन एक पुरुरषको हत्या गरेका कारण प्रहरी हिरासतमा पुगेका हुन् । उनले दश वर्षअघि आफ्नी दिदिको बलात्कार गर्ने बलात्कारीलाई हत्या गरेको कारण प्रहरीले पक्राउ गरेका थिए ।

सन् २०१५ मा लभप्रितकी नाबालिक दिदीमाथि बलात्कार भएको थियो । सोपछि बतात्कार आरोपमा ओमकार सिंहलाई दश वर्षको जेल सजाय सुनाइएको थियो ।

तर ओमकार कोरोना भाइरसको महामारीको समयमा कैदको समय पुरा नगरिकन बाहिर निस्किएका थिए । उनलाई ति नाबालिकका भाइ लभप्रित र उनका साथी आकाशदिपले धारिलो हतियारको प्रयोग गरेर हत्या गरेका हुन् । पञ्जाबको कपुरथालामा २८ अगस्टको राती उनीहरुले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।

प्रहरीले भिषणपुर जट्टा गाउँमा ओमकारको शव रगतमा डुबेको अवस्थामा फेला पारेको थियो । उनको बारेमा थप बुझ्दा बलात्कार मुद्दामा कैद सजाय भोगिसकेको व्यक्ति भएको प्रहरीले थाहा पाएको थियो । घटनापनि आकाशदिप तत्कालै पक्राउ परेका थिए । लभप्रितभने घटनापछि फरार रहेकाले केहि समयपछि मात्र पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बलात्कारबाट पिडीत र उनका बुबाको भने घटनाको कारबाहि चलिरहेको अवस्थामा नै निधन भइसकेको छ । बलात्कारी भने पूर्ण रुपमा सजाय नपाई छुटेको र आफ्नो दिदी र बुबालाई गुमाएको पीडाले पनि ति युवकले बदला लिन उक्त कदम चालेको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकका छोराले दिएको बयानका आधारमा प्रहरीले एफआइआर दर्ता गरी लवप्रीत र आकाशदीपलाई पक्राउ गरेको छ । अदालतले लवप्रीतलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्