आइतबार सुनको नयाँ किर्तीमानी रेकर्ड, तीस महिनामा प्रतितोला ५५ हजार बढ्यो सुनको भाउ


काठमाडौं– सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड राखेको छ । बिहीबारको तुलनामा शुक्रबार तीन हजार रुपैयाँले बढेर राखेको किर्तीमानी .मुल्यलाई तोड्दै आज पुन नयाँ किर्तीमान कायम भएको ।

शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ छ । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।

२०७८ फागुन २२ गते पहिलोपटक नेपालमा सुनको मुल्यले एक लाख नाघेको थियो । त्यसदिन प्रतितोला सुनको मुल्य एक लाख एक हजार नौ सय पुगेको थियो । आज २०८१ भदौ ३० आइपुग्दा सुनको मुल्य एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अवधिमा सुनको मुल्य ५४ हजार ९ सय रुपैयाँले बढेको हो ।

करिब तीस महिनाअघि बाट रुस र युक्रेनबिच युद्ध छेडिएको थियो । सो युद्ध सुरु भएदेखि नै अन्तर्राष्टिय बजारमा सुनको मुल्य उकालो लाग्न थालेको हो । यस्तै नेपालमा सुन आयातको भन्सार दर बढ्दा सुनको मुल्य थप महँगो भएको छ । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सुन आयातमा ५ प्रतिशतले कर बढाएको छ । गत आर्थिक वर्षसम्म १५ प्रतिशत भन्सारदर लाग्दै आएकोमा हाल २० प्रतिशतमा पु¥याइएको छ । भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको सुनचाँदी व्यवसायीले बताएका छन् ।