Logo

अख्तियारमा एक वर्षमा २६ हजार बढि भ्रष्टाचारको उजुरी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन्। अख्तियारले राष्ट्रपतिसमक्ष े ३४ औं वार्षिक प्रतिवेदन पेश गर्दै गत आर्थिक वर्ष २०८०/८१ मा २६ हजार बढि उजुरी प्राप्त भएको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीहरूसमेत गरी जम्मा कारवाही गर्नुपर्ने उजुरीको ३६ हजार १ सय ८६ वटा थियो । तीमध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भीक छानविनबाटै फछर्यौट भएको छ ।

अख्तियारमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढि संघीय मामिलासँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका छन् ।

गत आर्थिक वर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाको फैसला भएको छ भने ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको छ । त्यस्तै आयोगले मुद्दाबापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्