Logo

मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न सिफारिस

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्।

स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्। आयोगको प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले गरिने पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्