Logo

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन् । शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो। रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष पनि हुन्।

संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा महासचिव, ज्ञानमणि न्यौपाने सचिव र तेजबहादुर खड्का कोषाध्यक्ष चयन भएका छन्। सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन भएका छन्।

लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन्। बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले वार्षिक बजेट र प्रतिवेदन पनि पारित गरेको थियो।

x

प्रतिक्रिया दिनुहोस्