Logo

डोनाल्ट ट्रम्पमाथी दोस्रोपटक हत्या प्रयास

काठमाडौं– आगामी डिसेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ ।

ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको हो । न्यूयोर्क टाइम्सका अनुसार फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेका छन् ।

उनी पक्राउ परेको क्षेत्रमा एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरणसमेत फेला परेको छ। ट्रमको हत्याको प्रयास गर्न खोजिएको देखिएपनि आफू सुरक्षित भएको भन्दै आफ्ना समर्थकलाई नडराउन ट्रम्पले आह्वान गरेका छन् । आफूलाई रोक्न खोज्नेहरु जे गर्न पनि तयार भएको भन्दै ट्रम्पले यसविरुद्ध आफ्नो संघर्ष नरोकिने जनाएका छन् ।

ट्रम्पमाथी गत असारमा पनि पेन्सेलभेनियामा हत्या प्रयास भएको थियो । चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार हुँदा गोली लागेर उनको कानमा घाउ भएको थियो । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए । त्यतिबेला केहीबेर आराम गरेर उनी पुनः राष्ट्रपति निर्वाचनको अभियानमा सक्रिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्