Logo

‘पूर्ण बहादुरको सारंगी’ फिल्मको गीत सार्वजनिक

काठमाडौं– प्रकाश सपुत मुख्य भूमिकामा रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को गीत सार्वजनिक भएको छ। युट्युबमार्फत ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर छ। भिडिओमा फिल्मका कलाकार विजय बराल र प्रकाश सपुत फिचर्ड छन्। उनीहरू बुवा र छोराको भूमिकामा छन्।

गीतमा गरिबको घरमा जन्मिएपछि पाउने दुःखलाई केन्द्रित गरिएको छ । परम्परागत रुपमा माग्दै हिँड्नु परेपनि अब छोराले मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ।

कात्तिक १५ गते रिलिज हुन लागेको यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा विजय र प्रकाशसहित मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरूङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जान्वी पौडेललगायतको अभिनय छ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्