Logo

आज पनि सुनको मुल्यको नयाँ किर्तीमान, कति पुग्यो?

काठमाडौं– नेपाली बजारमा आज पनि सोमबार सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार नयाँ किर्तिमान राखेको सुनको मुल्यमा पाँच सय रुपैयाँले बढ्दै आज पूनः नयाँ रेकर्ड कायम भएको हो ।

आइतबार तोलामा १ लाख ५६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमबार ५ सयले बढेर १ लाख ५७ हजार ३ सय रहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आईतबार तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी बढेर १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्