Logo

श्रीमानले दानवीय व्यवहार गरेको भन्दै महिलाले हालिन् बैबाहिक बलात्कार मुद्दा

काठमाडौं– एक महिलाले विवाह १५ वर्षपछि श्रीमानविरुद्ध बैबाहिक बलात्कारको मुद्दा दायर गरेकी छिन् । काठमाडौंको बौद्धमा छोराछोरीसहित बस्दै आएकी महिलाको उजुरीपछि उनका श्रीमान पक्राउ परेका छन् ।

भदौ १६ गते बिहान श्रीमानले आफूमाथी दानवीय व्यवहार गरेको भन्दै उनले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी बिहान ३ बजे उनीहरुको कोठा पुगेर श्रीमानलाई नियन्त्रणमा लिएको थियो ।

ती महिलाले श्रीमानले मुखमैथुन गराएको, योनीमा फलामको रड छिराएको बताएकी छिन् । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो । महिलाले उपचारपछि श्रीमानविरुद्ध उजुरी दिएकी हुन् । उनले यौन सम्पर्क राख्न आफु नमान्दा श्रीमानले दानवीय व्यवहार देखाएको आरोप लगाएकी छिन् । ती महिलाको श्रीमानविरुद्ध ५ वर्षसम्मकै कैद सजाय माग गरी काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

ती दम्पतीको १५ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुको दुई सन्तान छन् । यसअघि ति महिलाले श्रीमानले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् । उता उनका श्रीमानले आफस काठमाडौं बाहिर गाडी चलाउने काम गर्ने र कहिलेकाहिँ मात्र घर आउने गरेको बताएका छन् । छोराछोरीलाई छाडेर कोठाबाट बेलाबखत श्रीमती हराउने गरेको उनले आरोप लगाएका छन् ।

ती महिलाले साउन अन्तिम सातामा श्रीमानले कुटपिट र यातना दिएको, खान लाउन नदिएको भन्दै निवेदन दिएकी थिएन् । प्रहरीको छलफल गरेर उनीहरुको मेलमिलाप गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्