Logo

एक हप्तासम्म पनि भेटिएनन् मादी नदीमा बेपत्ता भएका बालक

तनहुँ– तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् । उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।

घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।

सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। घट्ना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उनले बताए ।

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्