Logo

सिद्धार्थ र अदिती बैबाहिक बन्धनमा बाँधिए

काठमाडौं– भारतीय अभिनेता सिद्धार्थ र अभिनेत्री अदिती राव हैदरी बैबाहिक बन्धनमा बाँधिएका छन् । उनीहरूले श्रीरंगपुर मन्दिरमा विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन्। तेलंगानाको वानापर्थीस्थित ४०० वर्ष पुरानो मन्दिरमा उनीहरूको विवाह भएको हो।

उनीहरूले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘तिमी मेरो चन्द्रमा, सुरज र तारा हौं। परीको कथा जस्तै हाम्रो साथ बनिरहोस्। सधैं हाँसिरहनु । कहिले ठूलो मान्छे नबन्नु। सधैंको लागि माया, जादु बनाइराख्नु । मिसेज एन्ड मिस्टर अद्दू–सिद्धू,’ उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनीहरुले यसै वर्ष मार्चमा इन्गेजमेन्ट गरेका थिए। उनीहरू सन् २०२१ देखि प्रेम सम्बन्धमा छन्।

अदितिले पद्मावत, मर्डर ३, रकस्टार, बोस, भूमि, धोवी घाट लगायत फिल्म तथा हिरामण्डी सिरिजमा अभिनय गरेकी छन्। अभिनेता सिद्धार्थले रंग दे बसन्ती, गोलियोंकी राजलीलाः रामलीला, खलनायक, युवा, इन्डियन लगायत बलिउड फिल्ममा अभिनय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्