Logo

सहकारी ठगी छानविन विशेष समितिले संसद्मा पेश गर्यो प्रतिवेदन

काठमाडौं– सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेका छन् । समितिले तीन महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो । कूल सात सदस्यीय उक्त समितिले प्रतिवेदनमा आज हस्ताक्षर भएको थियो ।

कार्यदेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको सभापति थापाले बताए । उनले ती सहकारीहरु अप्ठ्यारो र बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेको उनले बताए । अध्ययनका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सबैभन्दा बढी समस्या पाइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्