Logo

रविले किर्ते कागजको आधारमा कम्पनीको शेयर खरिद विक्री गरेको छानबिन समितिको निश्कर्ष

काठमाडौं– सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिद विक्री गरेको निश्कर्ष निकालेको छ । समितिले आज संसद्मा प्रतिवेदन पेश गरिसकेको छ । समितिले शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निश्कर्ष निकालेको हो ।

भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरिएको छ । त्यस्तै, लामिछानेले गोर्खा मिडियाबाट पाएको भनिएको वेट शेयरको सम्बन्धमा कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन भनिएको छ ।

समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको सिफारिससमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्