Logo

लगातरको किर्तीमानी मुल्यपछि घट्यो सुनको भाउ

काठमाडौं– पछिल्लो समय लगातार किर्तीमान राखिरहेको सुनको मुल्य नेपाली बजारमा घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जुन मुल्य हालसम्मकै उच्च सुनको मूल्य हो ।

आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्