काठमाडौं– इन्द्रजात्रा मनाउन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई वृत्त जनसेवामा प्रहरीले राखेको हो ।
बसन्तपुर इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओली जाँदैछन् । पछिल्लो समय ओली र बालेनबिच सामानिक सञ्जालमा तिक्तता चलिरहेको छ । बालेन र ओलीका समर्थकबिच झडप हुनसक्ने भएकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुकै सुरक्षाका लागि प्रहरीले लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए । झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको उनले बताएका छन् ।
प्रतिक्रिया