दुप्चेश्वरमा दर्शन गर्नुपूर्व स्नान गर्दा बेपत्ता भएको तीर्थयात्रीको शव फेला
नुवाकोट– नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव भेटिएको छ ।
दुप्चेश्वर गाउँपालिका–६ मा मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ की ७२ वर्षीय हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको थियो ।
उनको शव दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा मंगलबार भेटिएको हो । मन्दिर दर्शनको लागि उनी परिवारसहित काठमाडौंबाट दुप्चेश्वर पुगेकी थिइन् ।