‘कल्ली’ मा पलको सट्टामा सौगात मल्ल अनुबन्धित

936
Shares

काठमाडौं– पौराणिक कथामा निर्माण हुन लागेको फिल्म ‘कल्ली’ बाट अभिनेता पल शाह बाहिरिएका छन् ।

गत साउन १५ मा फिल्ममा शीर्ष भुमिकामा देखिने भन्दै पल शाह रहेको पोस्टरसमेत सार्वजनिक भएको थियो । तर, हाल पलको सट्टामा सौगात मल्ल अनुबन्धित भएका छन्। पलको फोटोसहितको पोस्टरसमेत हटाईको छ ।

पल शाहको अभिनय रहेको ‘रावायण’ फिल्म हाल सिनेमा हलमा चलिरहेको छ । फिल्मले सोचेजस्तो व्यापार गर्न सकिरहेको छैन । पलको फिल्मा देखिएको दाह्री लुक्सका कारण उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।

फिल्मको शीर्ष भूमिकामा सौगातलाई लिइएको फिल्मकाप्रस्तुतकर्ता किरण नेपालीले बताए। सौगात बाहेक अन्य चार जनाको अभिनय रहेको उनले जानकारी दिएका छन् ।

रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्दैछन्। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। तिहारपछि छायांकन सुरू गर्ने योजनाका साथ तयारी भइरहेको जनाइएको छ।

छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी निर्माण पक्षले गरिरहेको छ । फिल्मलाई नयाँ वर्ष २०८२ को छेको पारेर चैतको २९ गते रिलिज गरिने जनाइएको छ।