झापामा आगालागीका कारण ३० लाखभन्दा बढी धनराशी नष्ट
झापा– झापाको गौरीगंज गाउँपालिका–६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमाआगलागी भएको छ । विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, काठपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही घरमा डेरा गरी बस्ने मेगनाथ राजवंशी र मोहन दासको कोठाभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर दुवै जनाको गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । आगालागीको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।