Logo

मिस नेपाल केसी बनिन् राप्रपाको केन्द्रीय सदस्य

काठमाडौ‌ं– मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य बनेकी छिन् ।

राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोहि क्रममा आवश्यक प्रक्रिया पूरापछि मिस नेपाल केसी केन्द्रीय सदस्य बनेकी हुन् ।

पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा केन्द्रीय सदस्याको लागि अन्तर्वार्ता लिएको थियो । सो अन्तर्वार्ता उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए । गत साउनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनले मिस नेपाल वर्ल्ड–२०२४ को ताज जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्