Logo

पाँच दिनअघि मिस्टर काठमाडौं जितेका प्रकाश राईको निधन

काठमाडौं— पाँच दिनअघि मिस्टर काठमाडौं जितेका शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ ।

मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ का राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता बनेका थिए । उनी प्रतियोगीतामा सहभागी हुन मोरङको ‘फोनिक्स फिटशाला’ को प्रतिनिधित्व गर्दै काठमाडौं आएका थिए। उनी टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका थिए । उनी होटलमा नै बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए।

उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो । अस्पताललमा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।

उनको निधनको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्