Logo

तीन सयले घट्यो सुनको मुल्य

काठमाडौं– आज नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । मंगलबार तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार अर्थात् भदौ ३१ मा सुनको भाउले किर्तीमानी रेकर्ड राख्दै प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १९०५ रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्