Logo

भाग्य होस् त डली चायवालाजस्तो !

काठमाडौं– पछिल्लो समय भारतका एक चिया बेच्ने व्यक्ति निकै भाइरल छन् । उनी पछिल्लो समय नेपालमा आएर समेत चिया बनाएर देखाइरहेका छन् । उनी पाँच तारे होटलमा बसेका छन् भने साथमा बडीगाडसमेत राखेका छन् ।

यी चायवालाको जीवन केही अघिसमेत यस्तो थिएन । भारतको नागपुरस्थित सडक किनारामा चिया बेच्नु उनको दैनिकी थियो । भारतीय मिडियाका अनुसार डलीले सडकमा उभिएर चिया बेच्न थालेको १७ वर्ष भयो । उनी दैनिक रुपमा घण्टौँ उभिएर चिया बनाउँथे ।

करिब सात महिना पहिले एक दिन उनले सँधै झै चिया बनाए, गिलासमा राखे र ग्राहकलाई खान दिए । भोलीपल्ट उनले थाहा पाए की उनले चिया खान दिएको व्यक्ति सामान्य व्यक्ति थिएन । ती व्यक्ति विश्वकै धनाढ्यमा पर्ने बिल गेट्स थिए । भारत भ्रमणमा आएका बेलामा बिल गेट्सले उनले बनाएको चिया खाए ।

बिल गेट्सले आफ्नो सामाजिक सञ्जालमा चायवालाको फोटो पोस्ट गर्दै लेखेका थिए, ‘भारतमा तपाईं जताततै इनोभेसन देख्न सक्नुहुन्छ, यहाँसम्म कि एक सामान्य चिया बनाउनेमा पनि ।’

बिल गेट्सले उनको फोटो सामाजिक सञ्जालमा मात्र उनले थाहा पाएकी उनले अघिल्लो दिन माइक्रोसफ्टका सहसंस्थापकलाई आफ्नो दोकानअगाडी चिया खुवाएका थिए । बिल गेट्स उनको चिया बनाउने तरिकाबाट प्रभावित भएको जनाउँदै चायवालाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

उनको चिया बनाउने आफ्नै शैली छ । उनी आफ्नो चिया बनाउने शैलीलाई खुबै इन्जोय गर्छन् । उनी चियामा चिनी, रंग र मसला मात्र मिसाउँदैनन् । चिया बनाउँदा आफ्नो कला पनि मिसाउँछन् । जुन कुराले उनलाई बाँकी अरुमा भन्दा फरक बनाउँछ । किनभने चिया बनाउनु र बेच्नु उनको व्यापार मात्र थिएन । सम्भवतस् बाध्यता थियो र बाध्यतालाई उनले रहरमा बदले । रहरलाई कलामा । हो, चायवालालेएनन् । खासमा त उनले त्यसमा कला मिसाइदिए । सामान्य काममा कला मिश्रण हुन्छ, त्यो सुन्दर र सम्मोहित हुन पुग्छ । त्यस्तै भयो चायवालाको हकमा ।

बिल गेट्सले उनको चिया पिएपछि मिडियाहरुले उनको खोजी गर्न थाले । उनको चियामात्र नभइ उनले चिया बनाउने शैलीले उनका ग्राहकलाई आकर्षित गर्यो । उनको दोकानमा ग्राहकको भीड लाग्यो र उनीहरुले फोटो भिडियोपनि पोष्ट गर्न थाले । बिस्तारै डली चायवाला सवत्र चिनिन थाले । सामाजिक सञ्जालमा भाइरल भए ।

सात महिना अघिसम्म कसैले नचिनेको चायवालाको विषयमा पछिल्लो समय मानिसहरु निकै चासो गर्छन् । उनी कहाँका हुन्, कति कमाउछन्, उनी कसरी यहाँसम्म आइपुगे जस्ता जिज्ञाशा मानिसहरुमा हुनेगर्छ । उनको चिया बेचेर दैनिक कमाइ ३५ सय भारु भन्दा माथि छ । त्यसबाहेक उनी सामाजिक सञ्जालबाट कमाइ गर्छन् ।

प्रतिक्रिया दिनुहोस्