Logo

श्रद्धा कपूर अभिनीत ‘स्त्री २’ ले तोड्यो शाहरूखको रेकर्ड

काठमाडौं– बलिउड अभिनेता राजकुमार राव र श्रद्धा कपूर अभिनीत ‘स्त्री २’ भारतीय बक्स अफिसमा धेरै कमाउने हिन्दी फिल्म बनेको छ। फिल्मले बलिउडका बादशाह शाहरूख खान अभिनीत फिल्म ‘जवान’ को कमाइलाई उछिन्दै रेकर्ड राखेको हो।

‘जवान’ ले रिलिज भएको पाँच सातामा ५८४ करोड भारू कमाएको थियो । ‘स्त्री २’ ले भने ३४ दिनमै ५८६ करोड भारू कमाएर सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो । यो सँगै बक्स अफिसमा एक्सन फिल्म चल्छ भन्ने मान्यता कमेडी हरर फिल्म ‘स्त्री–२’ ले तोडेको छ ।

अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ।

 

प्रतिक्रिया दिनुहोस्