Logo

चार अंकले नेप्से घट्दा पाँच अर्ब ६६ करोडको कारोबार

काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार चार अंकले घटेको छ । नेप्से ०.१५ प्रतिशतले घटेर २५७६.७६ को विन्दुमा पुगेको छ ।

आज एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.६७ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये निर्जिवन बिमा र बैंकिङ क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्