Logo

फ्यानहरु ठगिएको भन्दै सलमान खानले गराए सचेत

काठमाडौं– बलिउड अभिनेता सलमान खानको नाममा ठगी भएको भनेर सलमान र उनका टिमले फ्यानलाई सचेत गराएका छन् ।

हाल सलमानको अमेरिकामा कुनै टुर नभएको जनाउँदै एक विज्ञप्ति जारी गरेको छ । साथै युएस टुरको नाममा ठगी गर्नेविरूद्ध कानुनी प्रक्रियामा जाने बताइएको छ।

‘तपाईहरूको जानकारीको लागि सलमान खान या उनीसँग जोडिएको कम्पनीले युएसमा कुनै कन्सर्ट आयोजना गरेको छैन। कतिपयले सलमानले प्रस्तुति दिने भनेका रहेछन्– यो गलत हो। तपाईहरू यसमा भरोसा नगर्नु होला। हामी यस्ता झुटो खबर फैलाउने विरूद्ध कानुनी प्रक्रियामा जानेछौं,’ विज्ञप्तिमा लेखिएको छ।

यतिबेला सामाजिक सञ्जालमा सलमानले ५ अक्टोबरमा प्रस्तुति दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्