Logo

दुर्गा प्रसाईँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। साइबर अपराध गरेको कसुरमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको हो। प्रसाईले पछिल्लो समयमा विभिन्न व्यक्तिहरुको चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिँदै आएका थिए ।

पक्राउ पूर्जी जारी हुने अन्यमा बागलुङ जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल छन्। साइबर ब्युरोमा प्रसाईँले चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो । यसअघि पनि प्रसाईँका विभिन्न अभिव्यक्तिले उनी प्रहरीको निगरानीमा पर्दै आएका थिए । बैंक तथा बित्तिय क्षेत्रमा ऋण नलिन उक्साएको र कर्मचारीलाई कालोमोसो दल्ने जस्ता अभिव्यक्तिका कारण उनी पहिलेपनि विवादमा तानिएका थिए ।

प्रसाईविरुद्ध यसअघि पनि भक्तपुरबाट पक्राउपूर्जी जारी भएको थियो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर कृष्ण गिरीले मेडिकल सम्बन्धनका लागि २० करोड घुस मागेको बताएपछि डा गिरीले प्रसाईँविरुद्ध २०७६ माघमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपनि राजनितिक आडले उनी पक्राउ भने परेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्