Logo

आमाको किरिया गर्न वैदेशिक रोजगारीबाट फर्केका युवक मृत फेला

सप्तरी– सप्तरीमा धान खेतमा एक युवकको शव फेला परेको छ । अग्निसाईर कृष्णासवरण गाउँपालिकामा वडा नम्बर ६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव फेला परेको हो ।

उनको शव बुधबार बिहान स्थानीय शनि चौधरीको खेतमा फेला परेको प्रहरीले जनाएको छ । तर उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।

शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले बताए ।

पोखरेल विश्वकर्मा पूजाको अवसरमा मंगलबार महुली बजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएका थिए । उनी आमा बितेपछि किरिया गर्न १५ दिनअघि मात्र घर आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्