Logo

‘छक्कापञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक

काठमाडौं– नेपाली फिल्म ‘छक्कापञ्जा ५’ ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘ब्रेकअप सङ’ नाम दिइएर फिल्मको नयाँ गीत सार्वजनिक भएको हो ।

गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायतका कलाकार फिचर्ड छन् । गीतमा बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको छ ।

गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुड पनि दर्शाइएको छ । गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति आक्रोश पोखेका छन् ।

‘छक्कापञ्जा ५’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन् । यो गीत दशैँको फूलपातीको दिन अर्थात् असोज २४ गते देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्