Logo

आजपनि घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला आठ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिँजो छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य प्रतितोला १० रूपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्