Logo

२२ वर्षीय राउटे युवकको मृत्यु, अब राउटे समुदायमा १३४ जना मात्र

काठमाडौं– राउटे समुदायका २२ वर्षीय एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृषबहादुर शाही रहेका छन् ।

६ महिनादेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे उनको मृत्यु भएको हो । सुर्खेतको कल्यान काँधमा उनको मृत्यु भएको बताइएको छ ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्