Logo

काठमाडौंमा नौ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं– काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय सुरेश परियारको कोठाबाट गरगहना, नगद र अरु सामान चोरी भएको हो ।

कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब ९ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिहरुको बारेमा भने पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्