अबदेखि वैशाख ७ मा ‘राष्ट्रिय याक दिवस’ मनाउने
काठमाडौं– सरकारले अबदेखि प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ लाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ३० भदौमा मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौँरी संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको उनले बताए ।
नेपालमा उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ‘ओमेगा–३’ फयाट्टी एसिडको स्रोत रहेको छ । याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको पाइन्छ । चौँरीको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा समेत रहेको छ ।