Logo

संसद भवन अगाडि कालो झण्डा प्रदर्शन गर्ने सात जना पक्राउ

काठमाडौं– काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डा प्रदर्शन गरिएको छ । कालो झण्डा प्रदर्शन गर्ने सात जनालाई प्रहरीले कालो झण्डासहित पक्राउ गरेको छ ।

बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको हो । नीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्