Logo

स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं– स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ ।

सोसल ड्रामा जनरामा निर्माण भएको फिल्मको ट्रेलर बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको हो । ट्रेलरले ३० वर्ष पुग्न लागेको छोरीले योग्य वर पाउन हुने सामाजिक सकसको कथा पेश गर्छ ।

भ्रामरी दशाको कारण हुर्किएकी छोरीको विवाह ३० वर्षको उमेरभित्रै गर्नुपर्ने दबाबमा परिवार हुन्छन् । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथावस्तु यसमा चित्रण गरिएको छ ।

फिल्मको शीर्ष भूमिकामा स्वस्तिमालाई देख्न सकिन्छ । फिल्ममा स्वस्तिमा, निश्चलसहित विजय बराल, बसुन्धरा भुषाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर शिवाकोटी लगायतको अभिनय छ ।

यस फिल्मको साजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन र पटकथा लेखेका छन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको फिल्मको स्वस्तिमा खड्का र निश्चल बस्नेत निर्माता हुन् । यो फिल्म दशैंको घटस्थापना अर्थात् असोज १७ मा देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्