Logo

संविधान दिवसको कार्यक्रममा कुटिए बालेनका समर्थक

काठमाडौं– संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा सुरु भएको नेस्नल डे कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई अर्को समूहका युवाहरुले कुटपिट गरेका हुन्।

दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले बालेनको नाम दिँदै नारा लगाएका थिए । पाँच जनाको युवाहरुले कुटपिट गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । ती कुटपिट गर्ने व्यक्तिहरु को हुन् भन्ने पहिचान खुलेको छैन ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ । क्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्