Logo

मेलापातमा गएको समयमा गोठमा आगो लाग्दो, चार लाख नगद जलेर खरानी भए

रोल्पा– रोल्पाको एक गोठमा आगलागी हुँदा लाखौँ रुपैयाँ जलेर नष्ट भएको छ । रोल्पाको थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा बुधबार आगो लागेको थियो ।

आगलागीका कारण चार लाख रुपैयाँ नगद जलेको छ । उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए। उनका अनुसार चुलोमाथि सुकाउन राखेको दाउरामा आगो सल्किँदा पुरै गोठ नै जलेको हो । आगलागी भएका समयमा परिवारका सदस्यहरु मेलापात गएका थिए।

नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नगदका साथै आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको छ । बुधबारको भए उक्त घटनामा घटनास्थल पुगेर फर्किन प्रहरीलाई ६ घण्टा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्