Logo

१५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं– शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुनमा आज १५ सय रुपैयाँ बढेको छ । आज सुनको मुल्य १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि भदौ ३१ मा सुनको मुल्य १ लाख ५७ हजार ३ सय रुपैयाँ पुग्दै उच्च मूल्यको रेकर्ड बनेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँ बढेर १ हजार ९१५ रुपैयाँ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्