काठमाडौं– प्रहरीको कार्यालयका पूर्व सहयोगीले आफु प्रहरीको प्रहरी नायब निरिक्षक अर्ताथ् सई भएको भन्दै ठगी गरेका छन् । एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका ती व्यक्तिले आफू प्रहरीको सई भएको र मान्छे पक्राउ गरिदिने भन्दै ठगी गरेका हुन् ।
नक्कली सई बनेर ठगी आरोपमा प्रहरी कार्यालयका पूर्वकार्यालय सहयोगी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भए २९ वर्षीय गोविन्द श्रेष्ठ पक्राउ परेका छन् ।
उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ ठगी गरेका छन् । तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएकी थिइन् ।
तर वाइबाको उक्त चेक साँटिएन । उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । त्यही बेला श्रेष्ठले आफू सई भएको बताउँदै वाइवासँग १५ हजार रुपैयाँ ठगी गरेका हुन् ।
श्रेष्ठले आफु प्रहरीको सई भएको भन्दै प्रतिवादी तामाङलाई पक्राउ गर्नका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका श्रेष्ठ २०७३ देखि २०८० सालम्म प्रहरी कार्यालय सहयोगीमा जागिर खाएका थिए । काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा रहेका बेला उनले जागिर छाडेका थिए ।
प्रतिक्रिया