गोर्खा मिडियाबाट रविले लिन्थे ६ लाख २० हजार रुपैयाँ मासिक तलब


काठमाडौं– गोर्खा मिडिया प्रालिका तत्कालिन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना) मा १ करोडभन्दा बढी तलब बुझेका छन् ।

शुक्रबार सार्वजनिक भएको सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनअनुसार लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार रविले आर्थिक वर्ष २०७७/७८मा गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए ।

उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ ।

हाल रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले सो अवधिमा ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेका छन् । मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी०ले आर्थिक वर्ष २०७८/७९मा ३० लाख रुपैयाा तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

गोर्खा मिडियाले सञ्चालन अवधिका १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको प्रदिवेदनमा खुलेको छ ।